ओलीको आरोप : बारामा माओवादी, रास्वपा र राप्रपाले एमालेमाथि हमला गरे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारामा पार्टीनिकट युवा संघले गरेको शान्तिपूर्ण सभामा दखल पुर्‍याउन खोजिएको बताएका छन्।

शनिबार पार्टीको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसदिन शान्तिपूर्ण कार्यक्रम राखिएको र एमालेका केन्द्रीय नेताहरू बारा जाने कार्यक्रम तय भएकाले प्रदर्शनकारीहरूले सिमरा विमानस्थलमै हमला गरेको बताएका हुन्।

उनले त्यहाँ अरू दलले एमालेमाथि हमला गरेको आरोप पनि लगाए। ‘बारामा माओवादी राप्रपा र रास्वपा लगायतले हमला गरे। शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ ? तर गरे। हाम्रा नेताहरू जान्छन् भनेर एयरपोर्टमा हमला गरे। गराइयो,’ उनले भने।

उनले सरकारले पनि एमालेमाथि हमला नगरेको भनेर बाराको प्रहरी प्रमुखलाई नै हेडक्वार्टर तानिएको पनि बताए । ‘उनीहरूसँग मिलेर प्रहरीले एमालेमाथि हमला गरेन भनेर एसपीलाई तानियो। यो तमासा होइन ?’ उनले भने।

अध्यक्ष ओलीले अरूलाई नगर्नू भनेर सरकार आफैले उत्तेजना फैलाएको आरोप लगाए। उनले एमालेलाई नजिस्क्याउन पनि चेतावनी दिए।

‘एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। यो भन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भन् तपाईंहरूका लागि पनि हितकर हुने छैन,’ उनले भने।

उनले वर्तमान सरकार नै अवैधानिक रहेकाले प्रधानमन्त्रीलाई चुनाव गर्ने अधिकार नभएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित