एमालेको जनसभाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । नेकपा एमालेले आज सरकारविरुद्ध काठमाडौंमा जनसभा आयोजना गरेको छ। जनसभामा सहभागी हुन एमालेका नेता कार्यकर्ता काठमाडौंमा छन्। भृकुटीमण्डपमा हुने सभाअघि एमालेले र्‍याली निकालेको छ। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट निस्किएको र्‍यालीका कारण यहाँको ट्राफिक व्यवस्था व्यापक रूपमा प्रभावित भएको छ।

प्रदर्शनीमार्ग क्षेत्रमा भीड बढेपछि त्यहाँ हुँदै सञ्चालन हुने सवारी साधनलाई पद्‌मोदय मोड र सभागृह मोडतर्फ डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

एमालेको र्‍यालीका कारण टुँडिखेल आसपासको सडकमा समेत सवारी आवागमन अवरुद्ध बनेको प्रहरीले बताएको छ। सहज यात्राका लागि वैकल्पिक सडक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

यसबाहेक माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारीलाई मुख्य लेनबाट लैजान निर्देशन दिइएको छ। सामाखुसी चोक र चावहिल चोकमा पनि भीड बढेकाले ती क्षेत्रमा समेत सवारी आवागमन प्रभावित बनेको ट्राफिक प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित