मार्क वाटको शतकमा कर्णालीको सानदार जित

काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।

लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए । ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

पहिलो खेलमा ९० रन बनाएका पाञ्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पाञ्चललाई क्याचआउट गराए ।

त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे । वाटले लुम्बिनीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीका बलरहरुमाथि हावी बने । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकिय साझेदारी गरे । बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । ४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए ।

रोहितले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे । रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै जेजे स्मिथले १४ बलमा २ चौका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

पहिलो १० ओभरमा कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित