काठमाडौं । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेनजी युवा समूहले सिराहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
उनीहरूले आज सिराहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् । युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारी बोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो ।
ज्ञापन पत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।






































