अखिल क्रान्तिकारीबाट जनार्दनको पक्षमा को-को खुले ?

काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको चौथो पूर्ण बैठक आज पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा तत्कालीन उपमहासचिव जनार्दन शर्मा समूहका पदाधिकारीहरू पनि सहभागी भएका छन् ।

२३ औँ राष्ट्रिय सम्मेलनमा शर्मा समूहबाट विजयी भएका पदाधिकारीहरूमध्ये ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल र अभिमन्यु यादव बैठकमा सहभागी छन् । यसैगरी उपमहासचिव गजेन्द्र यादव (मधेश), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) पनि बैठकमा सहभागी भएका छन् ।

सचिव वीरेन्द्र जिसी, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो पनि बैठकमा सहभागी छन् । कोषाध्यक्ष फूलमाया रानामगर पनि बैठकमा सहभागी भएकी छन् । उनीहरू सबै विगतमा शर्मा समूहमा रहे पनि अहिले उनको साथ छोडेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीतिर लागेका हुन् ।

प्रगतिशील अभियान घोषणा गरेर माओवादीबाट अलग भएका शर्मालाई हालसम्म उपाध्यक्ष सन्दिप पुन, महासचिव रोशन थापामगर, उपमहासचिवमा निर्मला गौतम र जटिल कार्की तथा सचिव सम्झना राइले मात्रै साथ दिएका छन् ।

माओवादी केन्द्रले नेकपा एसलगायतका दलहरूसँग एकता गरेपछि कात्तिक १८ गते तत्कालीन महासचिव शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

प्रचण्ड पक्षका पदाधिकारी
अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कँडेल
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
सचिवः मिरोज अहम्मद
कोषाध्यक्षः फूलमाया रानामगर

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित