नेकपा र जसपाको एकता : भोलि निर्णायक वार्ता हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए ।

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी थिए । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी थिए ।

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए ।

दुवै दलका प्रतिनिधिहरूबीच बिहिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने मुख्यमसचिव पुनले बताए ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित