दुई तिहाइ बहुमतले पदमुक्त भए मधेश प्रदेशका सभामुख मण्डल

काठमाडौं । मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव दुई तिहाइ बहुतले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो ।

बैठकमा ७८ जना प्रदेशसभा सदस्य सदस्य उपस्थित थिए । जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको छ ।

‘सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेस गर्ने प्रस्तावकहरूको तर्फबाट मा० कुमर कान्त झाले पेस गरेको प्रस्ताव प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० बमोजिमको प्रस्ताव सोही नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभाको दुई तिहाई बहुमतबाट पारित भई नेपालको संविधानको धारा १८२ को उपधारा (६) को खण्ड (ग) र नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम मा० सभामुख श्री रामचन्द्र मण्डल स्वतः पद मुक्त भएको घोषणा प्रदेशसभामा भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ ।

सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले कात्तिक २७ गते प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव पारित भएसँगै प्रदेशसभा बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित