काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाण पत्र बुझेका हुन्।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ। यो नाम २०५२ सालमा जनयुद्ध सुरु गर्दाको पार्टीको नाम हो । कात्तिक ११ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिँदा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखिएको थियो। पछि नाम परिवर्तन गरी पुनः निवेदन दिएका थिए।
यसअघि विप्लव नेतृत्वको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ थियो। आयोगमा यो दलको दर्ता नं २१० रहेको छ। पार्टीको चुनाव चिन्ह्न गुलावको फूल रहेको छ। विप्लवले आगामी निर्वाचनमा भाग लिने तयारी गरिरहेका छन्।







































