एनपीएल सिजन-२ : काठमाडौंद्धारा जनकपुर बोल्ट्स ५ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटको जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंको जितमा ओपनर बेन चार्लेस्वर्थले सर्वाधिक ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ८.१ ओभरमा ७० रनको साझेदारी गर्दै काठमाडौंलाई बलियो सुरुआत दिलाएका थिए ।

4 https://newskhari.com/storage/2025/11/ktm_gorkhs.jpg

मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन थपे । आदिल आलम आठ र गेरहार्ड इरास्मस एक रनमा अविजित रहे । जनकपुरका कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

3 https://newskhari.com/storage/2025/11/ktm_gorkhs.jpg

जनकपुरका ओपनर आसिफ सेखले सर्वाधिक ५४ रन बनाए । आसिफले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । उनले ३७ बलमा अर्धशतक पूरा गरेका थिए । एनपीएलमै आसिफको यो पहिलो अर्धशतक हो ।

मयन यादवले ३४ रन जोडे । मयनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । लाहिरु समाराकोनले पनि २२ रन जोडे । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका कप्तान अनिल साह डक भएका थिए ।

2 1 https://newskhari.com/storage/2025/11/ktm_gorkhs.jpg

बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिए । मिलिन्दले चार ओभरमा १५ रनमात्र खर्चिए ।

करण केसी, साहब आलम र सन्तोष यादवले पनि समान एक–एक विकेट लिए ।

1 2 https://newskhari.com/storage/2025/11/ktm_gorkhs.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित