नेपाल ट्रस्टको जग्गा ठगी प्रकरण : पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए।

कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीको दाबी छ। निर्माण अवधि ३ वर्षसहित ३० वर्षको लागि लिजमा दिने सम्झौता गर्दा नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी पुर्‍याएको आरोप छ।

२०७४ जेठ १४ गते करार सम्झौता भएको थियो। विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यसअघि कात्तिक २१ गते सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा दोलखाको जिरी नगरपालिका ६ घर भई तत्कालिन नेपाल ट्रष्टको कार्यालयमा सचिव पदमा रहेका (हाल सेवा निवृत्त) अर्जुन कुमार कार्कीको समेत संलग्नता खुलेकाले पक्राउ गरेर अनुसन्धान गरेको सीआईबी प्रवक्ता श्रेष्ठले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित