जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकताको तयारी, अशोक राईले बोलाए बैठक

काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ नेता हमालले भने । छलफललाई जारी राख्ने सहमति भएको उनले बताए ।

छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए ।

नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्ष अशोक राईले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाइएको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित