हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नतिले गति लिएको छ । पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्नेछ । बागलुङ क्षेत्र नं २ मा पर्ने हरिचौर-मल्म-पाण्डवखानी खण्डको आठ किमी सडक कालोपत्रका लागि गरिएको ठेक्का सम्झौताको म्याद थपेपछि कामले तीव्रता पाएको हो ।

दुई वर्षमा करिब २५ प्रतिशत काम सकेकोे निर्माण व्यवसायीले म्याद थप गरेपछि कामलाई गति दिएसँगै हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अहिले पाँच किमी सडक कालोपत्रका लागि पूर्वाधार तयारी भइसकेको छ भने एक किमीमा ढलान सम्पन्न भइसकेको छ ।

दुई किमी पूर्वाधार निर्माणको चरणमा रहेको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राज थापाले जानकारी दिए।निर्माण व्यवसायीले पछिल्लो समय कामलाई तीव्रता दिएकाले शीघ्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

उनका अनुसार सडक निर्माणको सम्झौता गरेको दुई वर्षमा २५ प्रतिशत मात्रै प्रगति गरेको निर्माण व्यवसायीले आगामी फागुन ५ गतेभित्र स्तरोन्नति सक्नेगरी सम्झौता थप गरेको हो ।

“दुई वर्षमा सडक स्तरोन्नति सम्पन्न गर्नुपर्ने थियो, २०८१ सालमा सकिने सडक बल्ल तीव्र रूपमा अघि बढेको छ”, वडाध्यक्ष थापाले भने, “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत ठेक्का म्याद थपेपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएको हो ।”

सडक निर्माणको जिम्मा पाएको वल्र्डवाइडरलोपूर्ण जेबी निर्माण कम्पनीलाई काममा गति बढाउन पटकपटक आग्रह गरेपछि अहिले ७० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत भौतिक र ६० प्रतिशत आर्थिक प्रगति भएको सडक आगामी चैतसम्म पाँच किमी कालोपत्र गर्ने तयारी छ ।

इञ्जिनियर भण्डारीका अनुसार उक्त सडक यही गतिमा काम गरेमा अझै एकपटक म्याद थप्नुपर्ने बताए । अहिले काम गर्ने निर्माण व्यवसायीलाई भुक्तानीको समस्या नहुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

उक्त खण्डको सुरुको हरिचौर-मल्लसम्मको आठ किमी स्तरोन्नति, ढालन र कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौर खण्ड स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगे पनि मल्म नाँच्नेडाँडाभन्दा माथि पूर्वाधारको काम बाँकी रहेको जनाइएको छ ।

उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुनेछ । सडक करिब ४० किलोमिटर लामो रहेको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित