फाइल तस्बिर
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।
शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एनएएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
‘टेकअफको क्रममा चरा ठोक्किएपछि हामीले जहाज फर्काएका थियौं। चरा ठोक्किएपछि सुरक्षा प्रोटोकल अनुसार इन्जिनियरहरूले जाँच गरेका छन्,’ उनले भने।
जाँच गरेपछि नागरिक उड्डयन प्राधिकरणबाट सहमति प्राप्त गरिएको पनि उनले बताए। अहिले पुनः उडानको तयारी थलिएको उनले बताए।




































