काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा ३५ करोड बढी रकम उठ्ने दाबी गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले सिजन २ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने दाबी गरेको हो । स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
टिकटबाट ८ देखि १२ करोड उठ्ने खड्काले बताए । ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।





































