मधेशका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ।

सभामुख रामचन्द्र मण्डलले सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनिष सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए। आज बिहीबार भने उनीहरू पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो।

‘मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गतेदेखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनले १० बैठकमा सहभागी नभएका विपक्षी दलका सांसदहरूलाई पदमुक्त गरेका हुन्। मधेशमा नेपाली कांग्रेससहितको गठनबन्ध सरकार ढलेर ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित