माओवादी नेता इन्द्र आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आङ्बोले चढ्दै आएको प्रदेश सभाको को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडाँलले बताइन् ।

आङ्बो चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपीओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका ५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो ।

बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ग्रामथान ५ ककडमाडीमा ठक्कर दिँदा चौधरी घाइते भएका थिए । उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटना हुँदा आङ्वो भने गाडीमा सवार नरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि नेता आङ्बोले मृतकप्रति उचित क्षतिपूर्तिका लागि आफूले सहयोग गर्ने बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित