एक्यानले बहुमत सदस्य बिना कार्यसमिति चयन गरेको आरोप

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)लाई बहुमत सदस्यहरू बिनै कार्यसमिति चयन गरेको आरोप लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको एक्यानको गत शनिबार सम्पन्न ४१ औं वार्षिक साधारण सभामा बहुमत सदस्य बिनै नयाँ कार्यसमिति चयन गरिएको आरोप लागेको हो । एक सदस्यका अनुसार संघको वार्षिक साधरण सभामा बहुमत सदस्यहरु बिनै एकलौटी रुपमा नयाँ कार्यसमिति चयन एवम् शपथ ग्रहण गराइएको हो ।

‘संघमा २२ सय ४३ सदस्यहरु छन्,’ ती सदस्यले भने, ‘३ सय ५० जनाको उपस्थितिमा साधारण सभा सम्पन्न भनिएको छ, यसको बैधानिकतामाथि हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ उनका अनुसार साधारण सभालाई बैधानिक बनाउन करिब १ एक हजार १ सय प्रतिनिधि हुनुपर्ने हुन्छ ।

संस्थाका वर्तमान अध्यक्ष सीए अरुण राउतले सो कुराको खण्डन गरेका छन् । ‘२१ दिनअगाडी पत्रिकामा सूचना जारी गरेर हामीले साधारण सभा गरेका हौं,’ उनले भने, ‘१८ सय ४३ जना निर्वाचनमा सहभागी भएर प्रतिनिधि चुनिएको हो । यसलाई कसरी अबैधानिक भन्न सकिन्छ ।’ निर्वाचनबाट सीए अनुप नेपाल अध्यक्षमा निर्वाचित भएका थिए भने अनिल लामिछाने उपाध्यक्ष, प्रदीप अर्याल महासचिव, सविन कार्की कोषाध्यक्ष तथा अञ्जली साउद, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोख्रेल, मिथलेश प्रसाद चौधरी र सजना मैनाली सदस्यका रूपमा निर्वाचित भएका छन्।

संघका कोशी, मधेश, बागमती, लुम्बिनी, सुदूरपश्चिम र उपत्यका विशेष गरी प्रदेश समितिहरू रहेका छन्। त्यस्तै, मोरङ, झापा, सुनसरी, पर्सा, धनुषा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, मकवानपुर, दाङ, बाँके र कैलाली जिल्लामा संघका जिल्ला कार्यसमितिहरू क्रियाशील छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित