निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्ने

काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने गरी जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार गरेको छ।

आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए।

आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरिसकेको छ।

खापुङ गएराति १२ बजेदेखि सेवाअवधि पूरा गरी नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित