काठमाडौं । दुर्गा प्रसाईंका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले सरकारसमक्ष २७ बुँदे माग पेस गरेको छ ।
सरकारसँग वार्ताका लागि गृह मन्त्रालय गएको प्रसाईंले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे मागपत्र हस्तान्तरण गरेका हुन् ।
महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागु गर्नुपर्नेलगायत माग राखेका छन् ।
त्यस्तै, मागहरू जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकार उच्च पदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् ।
यी हुन् २७ बुँदे माग







































