पूर्व सांसद देवि भट्टचन तारेखमा रिहा

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका निवर्तमान सांसद देवीप्रसाद भट्टचन तारेखमा रिहा भएका छन् ।

उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिरासतमा राख्नु नपर्ने ठहर गरेपछि तारेखमा रिहा भएका हुन् ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि भट्टचनलाई कार्यालयमा पेस गरेपछि सरकारी वकिलले तारेखमा राखेर छोड्ने निर्देशन दिएसँगै उनी रिहा भएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माले हाल उपलब्ध प्रमाण र अनुसन्धानको अवस्थालाई हेर्दा हिरासतमा राख्ने आधार नदेखिएको भन्दै तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीले निर्देशन दिएका थिए ।

सीआईबीले गत कात्तिक ११ गते ललितपुरको गोदावारी नगरपालिका क्षेत्रबाट भट्टचनलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उनलाई कुनै गम्भीर आर्थिक अनियमितता वा आपराधिक गतिविधिसँग जोडिएको आशंका गरिएको भए पनि सरकारी वकिल कार्यालयले उपलब्ध प्रमाण पर्याप्त नभएको निष्कर्ष निकालेको बुझिएको छ ।

तारेखमा रिहा भए पनि अनुसन्धान भने जारी रहने र आवश्यक परे पुनः बोलाउन सकिने प्रहरी स्रोतले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित