काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा उच्चवृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
केही दिनयताको स्थिर मूल्यमा आज एकैदिन झण्डै तीन हजार रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज यता चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।






































