नक्कली भुटानी शरणार्थी ठगी प्रकरण : रौतहटबाट पक्राउ परे कुमार खरेल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीका अनुसार पक्राउ परेका व्यक्ति मधेशको रौतहट फतुवा–हर्साहा गाउँपालिका–९ का ४२ वर्षीय निराजन भन्ने निरञ्जन कुमार खरेल हुन् ।

उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले मिति २०८२ कात्तिक २१ गते पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा खरेलले ठगी सम्बन्धी रकम नगद र चेकमार्फत जम्मा गर्ने, ओसारपसार गर्ने र गैरकानुनी रूपमा पीडितहरूबाट असुल गरेको रकम लिने गिरोहसँग मिलेमतो गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खरेललाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित