काठमाडाैं । हङकङ सिक्सेसमा नेपाल बाउल लिगको खेलमा पराजित भएको छ। आइतबार नेपाललाई यूएईले ४३ पराजित गरेको हो।
यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ। युएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो।
नेपालका लागि कप्तान सन्दीप जोराले ३१, मोहम्मद आदिल आलमले ३२, रसिद खानले ६, लोकेश बमले ७ र बसिर अहमदले ८ रन बनाए। युएईका मोहम्मद फारूकले दुई तथा निलान्स केश्वानी र साघिर खानले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको युएईले १२९ रन बनाएको थियो। निलान्स केश्वानीले ५०, जाहिद अलीले ३० र मुहम्मद फारूकले २४ रन बनाउँदा मोहम्मद अर्फानले १६, खालिद साहले ४ र साघिर खानले १ रन जोडे।
बलिङतर्फ नेपालका रसिद खानले २ तथा रूपेश सिंह र लोकेश बमले एकरएक विकेट लिए। नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि बाउल लिगमा पुगेको थियो।
जसमा नेपालमा भारतलाई मात्र हराउन सक्यो। भारतलाई हराएको नेपाल १६ टोली सहभागी प्रतियोगितामा १५औं स्थानमा रह्यो । भारत भने १६ औं भयो।




































