काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । उनले शनिबार साँझ प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आज विश्वासको मत लिनका लागि उनले समय लिएका थिए । विश्वासको मत पाउने स्थिति नबनेपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा दाबी पेस गरेपछि प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत असोज २९ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।





































