नेपालद्वारा भारत ९२ रनले पराजित

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै पनि विकेट नगुमाइ एक सय ३७ रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोलीले भने तीन ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका बलर रुपेश सिंहले पहिलो ओभरमै भारतको विकेट लिएका थिए । रुपेशले भारतका ओपनर ब्याट्सम्यान रोविन उथप्पालाई पाँच रनको व्यक्तिगत स्कोरमा मोहम्मद आदिल आलमद्वारा क्याच गराए ।

यसैगरी, नेपालले दोस्रो ओभरमा दुई विकेट लियो । बसिर अहमदले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए । उनले दोस्रो ओभरको दोस्रो बलमा प्रियांक पन्चाललाई १२ रनको व्यक्तिगत स्कोरमा आउट गरे । उनले आफ्नो बलमा आफैले क्याच लिएका थिए ।

दोस्रो ओभरको तेस्रो बलमा बसिर अहमदले भारतका स्टुअर्ट बिन्नीलाई खाता खोल्नुअघि नै आदिल आलमद्वारा क्याच गराएका थिए ।

यसैगरी, नेपालले तेस्रो ओभरको पहिलो बलमा भारतको चौथो विकेट लियो । रासिद खानले आफ्नो पहिलो बलमै भारतीय टोलीका कप्तान दिनेश कार्तिकलाई सात रनको व्यक्तिगत स्कोरमा आदिल आलमद्वारा क्याच गराएका थिए ।

यसैगरी, नेपालले तेस्रो ओभरको तेस्रो बलमा भारतको पाँचौं विकेट लियो । रासिद खानले भारतका भरत चिप्लीलाई १२ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर सन्दीप जोराद्वारा क्याच गराएका थिए ।

यसैगरी, नेपालले तेस्रो ओभरको अन्तिम बलमा भारतको छैटौं विकेट लियो । रासिद खानले भारतका सहबाज नदिमलाई सात रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए ।

त्यसअघि, नेपालका लागि ओपनर रासिद खानले अविजित ५५ रन बनाएका थिए । उनले १७ बलमा ६ छक्का र चार चौका हिर्काए । उनले दोस्रो ओभरमा लागतार दुई चौका र एक छक्का प्रहार गरे ।

रासिद खान प्रतियोगिताको नियम अनुसार, अर्धशतक पूरा गरेपछि ‘रिटायर्ड आउट’ हुँदै मैदानबाट बाहिरिएका थिए । ५० रन बनाउने खेलाडी स्वतः ‘रिटायर्ड आउट’ हुने नियम छ ।

अर्का ओपनर सन्दीप जोराले अविजित ४७ रनको योगदान गरे । उनले केवल १२ बलको सामना गरी पाँच छक्का र चार चौका हिर्काए । उनले पहिलो ओभरमै लगातार तीनवटा छक्का प्रहार गरेका थिए ।

भारतविरुद्धको खेलमा सन्दीप जोरा कप्तानको भूमिकामा पनि छन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका लोकेश बलमे पनि अविजित ३१ रन बनाए । उनले केवल सातमा चार छक्का र एक चौका हिर्काए । नेपालले अतिरिक्त रुपमा चार रन पायो ।

नेपालले पहिलो ओभरमा २०, दोस्रो ओभरमा १६, तेस्रो ओभरमा २४, चौथो ओभरमा २०, पाँचौं ओभरमा २५ र छैटौं ओभरमा ३२ रन बनाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित