घनश्याम, विप्लव र जनार्दनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । घनश्याम भूसाल, जनार्दन शर्मा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ।

विप्लवलाई भेट्न हरिसिद्धीस्थित निवासमा शुक्रबार बिहान भूसाल र शर्मा पुगेका थिए। भेटवार्ताबारे नेता असल सीकाअनुसार नेताहरूबीच सहकार्य गरेर जाने विषयमा कुराकानी भएको हो।

‘कम्युनिष्ट आन्दोलनलाई कसरी एक गर्ने विषयमा कुराकानी भएको हो। पहिलेदेखि नै यस्तो छलफल हुँदै आएको थियो,’ उनले भने, ‘प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीका नाममा वृद्धाश्रम बनाएपछि भने यो पहिलो पटक भएको छलफल हो।’

माओवादी, एकीकृत समाजवादीलगायत १० घटकबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो, जसमा विप्लव, जनार्दन र घनश्याम सहभागी भएनन्।

उनले आजको छलफलबाट पार्टी एकताबारे ठोस निष्कर्षमा नपुगिएको पनि बताए। ‘प्रगतिशील सच्चा राष्ट्रवादी कम्युनिष्टहरूबीच विचार मिल्दै गयो भने एकता होला,’ उनले भने, ‘अहिले चाहिँ कार्यगत सहकार्य हुन्छ।’

उनले फागुन २१ मा चुनाव हुने अवस्था आएमा राजनीतिक सहकार्यका लागि फेरि यस्ता छलफल गरेर निर्णय लिइने पनि बताए।

‘फागुन २१ मा चुनाव हुन्छ भन्ने हामीलाई लाग्दैन। यदि हुने नै भयो भने फेरि यस्ता बैठक गरी छलफल गरेर निष्कर्षमा पुग्ने कुरा त भइहाल्छ,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित