जाँचबुझ आयोगले आइजिपीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।

बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

उनका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो।

पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध गराएको थिएन। त्यसपछि आयोगले पत्र लेखेर विवरणबारे सोध्यो।

जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको भनिएको थियो। प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठायो।

यसरी पत्राचार गरेपछि प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्कायो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित