काठमाडौं । १० कम्युनिस्ट घटकहरूको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतामा राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागु गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकालको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।







































