आज रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । एकसाथ पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैलाई सुझाव दिएको छ।

महाशाखाले सोमबार दिउँसो १२ बजे पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आज कात्तिक १० गते रातिदेखि १२ गते (बुधबार) बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

साथै यस अवधिमा गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको उल्लेख छ।

सजग गराउँदै महाशाखाले अगाडि भनेको छ, ‘सम्भावित हिमपात वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित