काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमणको प्रयास भएको छ ।
सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरको एसएसपी होविन्द्र बोगटीका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ ।
‘हामी यहाँ वरपर रहेका क्यामेराको सहयोगमा अन्य थप कुरा खोजिरहेका छौं,’ बोगटीले भने ।























