माओवादी केन्द्रसँग एकताको पहल गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी लगायत कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ।

असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायत अरू कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि पहल गर्ने निर्णय गरेको हो।

नेकपाले केन्द्रीय कमिटी बैठकको निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। जेनजी आन्दोलनपछि कम्युनिष्टहरूबीचको एकता र कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता अझै बढेको नेकपाको निष्कर्ष छ।

त्यसका लागि केवल संगठनात्मकरुपले एकठाउँमा जम्मा हुने तिरबाट नसोचेर राजनीतिक विचार, कार्यदिशा, कार्यक्रम, संगठनात्मक मान्यता, आर्थिक जीवनपद्धति, संस्कृतिसहित नयाँ आन्दोलन र मूल्य निर्माण गर्ने स्तरबाट ग्रहण र प्रयोग गर्नु पर्ने नेकपाले निर्णय गरेको छ।

माओवादी केन्द्रले यसअघि केन्द्रीय कमिटी बैठकबाटै विप्लप नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो।

नेकपाले जेनजी आन्दोलनपछि गठन भएको सरकार आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नखाने बताएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित