सुनचाँदी पसलमा प्रहरीको छापा: प्रहरी र व्यवसायीबीच झडप, प्रहरीद्वारा ७ राउन्ड हवाई फायर

काठमाडौं । जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।

जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस चलाउनुको साथै हवाई फायर समेत गरेको छ।

स्थिति तनावपूर्ण बनेपछि शुक्रबार बेलुका प्रहरीले सात राउण्ड हवाई फायर र २ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए।

‘सोनारपट्टिमा अवैध रुपमा चाँदीको कारोबार भइरहेको सूचना आएको थियो, सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ जाँदा चाँदी बरामद गरेका थियौं, बिल बिजक ल्याउन सक्नुभएको थिएन,’ उनले भने, ‘सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत बोलाएर मुचुल्का गर्ने प्रक्रियामा नै थियौं, उच्छृंख भएर सुरेन्द्र भण्डारी भन्ने मान्छे आइपुग्नुभयो, आएर पुलिसलाई तानेर लछारपछार गरेर हंगामा गरेपछि दुईपक्षबीच झडप भयो।’

प्रहरीले बिल बिजक नभएको ७ किलो चाँदी बरामद गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनको भनाइ छ। राजश्व अनुसन्धानको कार्यालय पथलैयासँग समन्वय गरेर नै छापामारी गरिएको उनले बताए।

‘पसलको नाम पनि थिएन, भर्खरै खोलेको भनिएको छ, के कसो हो बाँकी अनुसन्धान राजश्वले गर्छ,’ उनले भने।

डिएसपी बमकै नेतृत्वमा प्रहरी टोलीले छापा हानेको थियो। धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ, अर्को एसपी जिल्ला आइपुगेका छैनन्।

नयाँ खुलेको व्यवसायमा छापामारी गरेर धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको व्यवसायीहरुको भनाइ छ। कालीगढकै काम गर्दै आएका ठाकुरले नयाँ ज्वेलर्स खोलेका हुन्।

धनतेरशको अवसर पारेर शनिबार ज्वेलर्सको उद्घाटन गर्ने तयारी भइरहेको थियो। उनीहरुले घटनामा दोषी प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित