काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन नै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार भएको बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। ८ बुँदे सम्बोधन गर्दै देउवाले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए।
उनले भने,’निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो। यसतर्फ सरकारको ध्यान जाओस्। सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ।’






































