काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्धन्दी संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।
नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो। आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो। नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो।





































