देशभरका यी राजमार्ग छन् पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ। बिहान ९ बजेसम्मको तथ्यांकअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।

संखुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका-३ एकुवा र भोजपुर गाउँपालिका-४ वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका-२ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका-२ कोदारी मा सडक अवरुद्ध भएको छ।

त्यस्तै चितवनको इच्छाकामना-५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।

यता बागलुङमा पहिरोका कारण कालीखोला सडक खण्ड एकतर्फी सुधार गरिरहेको छ। नवलपरासी पूर्वमा पहिरोका कारण विन्ध्यावासिनी-२ विश्वकर्मा मन्दिर सडक खण्ड पनि एकतर्फी सुधार गरेर सञ्चालनमा ल्याएको छ ।

रुकुम पूर्वमा पहिरोका कारण भुमे-८ कोइडाबगर सडक खण्ड एकतर्फी भएको छ भने जाजरकोटमा पहिरोका कारण नलगाड-११ भिरकुना सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित