सीके राउत नेतृत्वको पार्टी छाडेका नेताहरूले गठन गरे नयाँ पार्टी

काठमाडौं । डा. सीके राउत नेतृत्व रहेको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) नयाँ पार्टी घोषणा गरेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा डा।सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट पार्टीका विद्रोही नेताहरूले जनस्वराज नामक पार्टी गठन गरेका हुन् । समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टी अध्यक्ष कसैलाई नबनाएको दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’

पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ । साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ ।

यसरी विभिन्न विभागमा जिम्मेवारी दिएर पार्टीका गतिविधिहरू बढाइने नेता दीपक साहले बताए । अन्य नेताहरूलाई पनि यसैगरी विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले सुनाए । दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने ई। यादव कोषाध्यक्ष थिए ।

दुवैलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरेर निकालेका हुन् । जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । हाल उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् तर नयाँ पार्टीसँग निरन्तर कुराकानी भने भइरहेको नेता दीपक साहले जानकारी दिए ।

जनस्वराज पार्टीले व्यक्तिवाद नभई सामूहिक सहभागिता, राजनीति नभई, सेवा गर्ने प्रतिबद्धता, पद नभई, जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई, एकता र समानताका लागि प्रतिबद्धता जनाएको छ ।

यो पार्टीले जनताले आफ्नो शासन आफै गर्ने व्यवस्था, इमानदार, जवाफदेही र साझा नेतृत्वको मार्गदर्शनको दृष्टिकोण तय गरेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्नेलगायत उद्देश्य बोकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित