दशैंको टीका : कुन देशमा कति बजे छ शुभ साइत ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ । यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।

जस अनुसार, भारतमा ११ः४९, अमेरिकाको न्युयोर्कमा ११ः२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ः११, क्यानडाको टोरेन्टोमा ११ः११, अष्ट्रेलियाको सिड्निमा ११ः४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।

२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

Dashain tika https://newskhari.com/storage/2024/09/dashain-6.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित