प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद्को पहिलो बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन्।

दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन्।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित