काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले केही समय अघि पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्वअर्थ सचिवसमेत रहेका खनाललाई अर्थ, अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुको शपथ भोलि सोमबार हुने बताइएको छ ।





































