श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।

रक्सिराङ वडा २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।

शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

‘श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार भएको छु अध्यक्ष मल्लले भने, ‘तत्काल प्रहरीलाई खबर गर्दा कोही जानु भएन। हिजो उनीहरूलाई ल्याएर आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको छ।’

सुत्केरीमाथि बलात्कार गर्ने एक जनाको परिचयसमेत खुलेको छ। आज प्रहरीमा जाहेरी दिएसँगै कानुनी कारबाही अगाडि बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

चेपाङ दम्पतीको घर जंगलको एकान्त ठाउँमा छ। उनीहरू राम्रोसँग नेपाली भाषासमेत नबुझ्ने भएकाले घटनाबाहिर आउन समय लागेको उनको भनाइ छ।

२२ वर्षीया महिला आफूमाथि बलात्कार भएको भन्दै जाहेरी लिएर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित