काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुश्री सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’
मन्त्रालयले अगाडि थपेको छ, ‘चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ।’ चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने स्पष्ट पारेको छ ।






















