काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशील कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
यसअघि राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको थियो । जेनजी आन्दोलनको बलमा केपी शर्मा ओली सत्ताच्यूत भएसँगै अन्तरिम सरकार बनेको हो ।






























