दलहरूको समेत सहमतिमा सुशीला कार्की प्रधानमन्त्री बन्दै

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउने तयारी गरिएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै शपथ ग्रहण गराउने सम्भावना रहेको शितल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले जेनजी समूहको चर्को दबाबका बीच शीतल निवासमा बिहीबार मध्यरातसम्म प्रधानसेनापति, विभिन्न दलका नेता, संविधानविद्लगायतसँग छलफल गरेका थिए । दल र संविधानविद्हरूले संविधान नमासिने गरी कदम चाल्न सुझाएका थिए ।

राष्ट्रपति संविधानको संरक्षक भएकाले उनले पाएको अधिकारअन्तर्गत गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । जेनजी आन्दोलनकारीहरूको मागअनुसार नै कार्कीको नाममा सहमति जुटेको बताइएको छ ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्टपति पौडेलले संवैधानिक कानुनका विज्ञहरूसँग पनि बिहीबार अबेरसम्म छलफल गरेका थिए । संविधानलाई जीवित राख्ने गरी कार्कीलाई कसरी नियुक्त गर्न सकिन्छ ? भन्ने विषयमा राष्टपति पौडेलको चासो थियो ।

हिजो नै राष्टपति पौडेलले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । प्रधानसेनापति अशोक राज सिग्देलसमेतको सहभागितामा भएका यी छलफलमा कार्कीमा नाम सहमति जुटेपछि उनलाई संविधानको रा्ष्ट्रपति संरक्षक हुने हैसियतलेमात्रै नियुक्त गर्न लागिएको छ । छलफलबारे अनौपचारिक रूपमा राजनीतिक दलहरूलाई पनि जानकारी भने गराइएको स्रोतहरूले उल्लेख गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित