नयाँ सरकार गठनका लागि आज निर्णायक वार्ता हुँदै

काठमाडौं । नयाँ सरकार गठनका लागि आज वार्ता हुँदै छ । जेन–जी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकारको नेतृत्व दिन सहमत भएसँगै आज राष्ट्रपति रामचन्द्र पौडेलसँग निर्णाय वार्ता हुन लागेको हो । वार्ता नेपाली सेनाको समन्वयमा जङ्गीअड्डामा हुनेछ ।

नेतृत्वको विषयमा जेन–जीहरूबीच नै आपसी विवाद भएपछि बुधबार हुने भनिएको वार्ता स्थगित भएको थियो । जेन–जीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सरकारको नेतृत्व लिने चाहना राखेका थिए । तर, उनी तयार नभएपछि अरु विकल्प खोज्ने विषयमा हिजो विवाद उत्पन्न भएको थियो ।

मेयर बालेनले हिजो राति नै कार्कीलाई नेतृत्वका लागि समर्थन गर्ने बताएका छन् । कार्कीले पनि हिजो नै भारतीय मिडियासँग जिम्मेवारी लिन तयार भएको बताएकी छन् ।

कार्कीको नाममा जेन–जीबीच विवाद नदेखिएकोले सेनाले आज बिहानदेखि नै निर्णायक वार्ता थाल्ने तयारी गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित