जेल छोडेर बाहिरिन मानेनन् दीपक मनाङे

काठमाडौं । डिल्ली बजार कारागारमा रहेका अन्य कैदी हुलदंगा गर्दै बाहिर निस्के पनि दीपक मनाङे भित्रै बसिरहे। उनले अन्य कैदीलाई बाहिर जान्नँ भन्दै भित्रै बसेका हुन्।

अन्य कैदीबन्दीले भने आगलागी भएपछि सुरक्षित स्थानमा जान खोजेको प्रतिक्रिया दिएका छन्।

भाग्दै गर्दा नेपाली सेनाको नियन्त्रणमा परेका एक कैदीले भने, हामी भाग्ने भनेर आएको हैन। आगो लगायो। बस्ने स्थिति छैन। बस्यो भने मर्ने अवस्था भयो। त्यही भएर बाहिर निस्केको।

दीपक मनाङे गत असार ४ गतेदेखि गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका व्यक्ति हुन्। उनी ०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए।

सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद असार ४ देखि बदर भएको निर्णय गरेको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित