काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका सञ्जयकुमार साह ‘टकला’ ललितपुरको नख्खु जेलबाट भागेका छन् ।
मंगलबार जेनजीको आन्दोलन उग्र बनेपछि रास्वपा सभापति रवि लामिछानेसहित अन्य कैदीहरु निस्किएपछि साह पनि बाहिरिएका हुन्।
साहले करिब १२ वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका थिए। उनले २०६४ सालमा मधेशी जनअधिकार फोरमबाट समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बनेका थिए भने दोस्रो संविधानसभामा सद्भावना पार्टीबाट निर्वाचित भएका थिए।
उनीमाथि २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा पाँच जनाको ज्यान जाने गरी भएको बम विष्फोट घटनाको मुख्य योजनाकार भएको अभियोग छ। त्यस्तै, जनकपुरका सञ्चार उद्यमी तथा रेडियो टुडेका सञ्चालक अरुण सिंहानियाको हत्या प्रकरणमा पनि उनको संलग्नता रहेको आरोप लाग्दै आएको छ।
जेलबाट निस्किएपछि साहले आफू निर्दोष रहेको दाबी गरेका छन्























