‘जेनजी’ प्रदर्शन : मृत्यु भएका मध्ये १६ जनाको सनाखत (नामसहित)

काठमाडौं । सोमबार काठमाडौंको बानेश्वर चोकमा सुरक्षाकर्मीको गाली लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान भएको छ ।

काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइएका उनीहरुको मृत्यु भएको हो । सबै मृतक बानेश्वर चोकमा भएको गोलीकान्डमा मारिएका हुन् । १७ जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

त्यहाँ कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका ४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षका सयिम चौलागाई, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षका आयुष थापा, वतन नखुलेको २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे ६ का २१ वर्षीय योगेश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट ५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको सिभिल अस्पतालमा मृत्यु भएको छ ।

बनस्थलीका वर्ष ३० का सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ । बानेश्वरको एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

तीमध्ये ललितपुर महानगर ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित