काठमाडौं । सिभिल अस्पतालभित्रबाट आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । आन्दोलनकारीले अस्पताल परिसरबाट ढुंगा प्रहार गर्न नरोकेपछि नियन्त्रणमा लिन अस्पताल परिसरमै प्रहरी पुगेर गोली चलाएको छ ।
सिभिल अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तहरू त्रसित बनेका छन् भने सुरक्षाकर्मीको उपस्थिति थप बढाइएको छ। सिभिल अस्पतालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने सैयौं घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ।
























