जेन्जी प्रदर्शन : मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो

काठमाडौं । काठमाडौंमा भएको जेन्जीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बताइएको छ।

चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ । प्रदर्शनमा सय बढी घाइते भएका छन्। घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ।

पाटन अस्पतालका डाइरेक्टर डा रवि शाक्यका अनुसार यहाँ दुई जनाको उपचार जारी छ। सरकारमाथि प्रश्न गर्दै जेनजीले काठमाडौँमा प्रदर्शन गरेको हो। प्रदर्शन उग्र भएसँगै काठमाडौँ प्रशासनले बानेश्वर क्षेत्रसहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश गरिसकेको छ।

कर्फ्यु आदेश भए पनि प्रदर्शन जारी छ। अहिले बानेश्वर क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै सेना पनि परिचालन गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित