पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नुका साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित